नेपालगन्जमा विस्फोटमा परी दुई घाइते

88

काठमाडाैं । नेपालगन्जस्थित एक घरमा बुधबार साँझ विस्फोटमा परी दुईजना घाइते भएका छन्।

नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा विस्फोट भएको हो।
विस्फोटबाट सोही घरमा डेरा गरी बस्ने सल्यानको बाघचौर नगरपालिका– २ घर भएका डिल्लीबहादुर डिसी र कैलालीको घोडाघोडी नगरपालिका– १ घर भएका ३३ वर्षीय धनबहादुर सुनार घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी गराए ।

डिसी र सुनारले निर्वाचनलाई लक्षित गरी डेरामा बम भण्डारण गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उनीहरू दुवै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये सुनारको अवस्था चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। उनीहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here