एजेन्सी / बेलायती उपनिवेश जिब्राल्टरले नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ । जिब्राल्टरले आफूलाई उक्त तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । ‘म्यारिन’ ट्राफिककाअनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी ‘सुपर’–ट्यांकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्यांकर दक्षिणतर्फ प्रस्थान गरेको थियो ।
जिब्राल्टरका सरकारी अधिकारीहरुले उक्त ट्यांकरको गन्तव्यकाबारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएपछि ‘ग्रेस १’ नामक सामुद्रिक तेल ट्यांकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएकोपछि उक्त कदमपश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध खडा भयो । इरानले पटक–पटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो ।
जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्यांकर छाड्न आदेश दिएता पनि अदालतको आदेशलगत्तै इरानले नयाँ चालकदल जिब्राल्टर पठाएको थियो । हाल यस भीमकाय तेल ट्यांकरको नाम ‘एड्रियन दरया’ राखिएको ट्यांकरमा २१ लाख ‘ब्यारेल’ तेल रहेको छ । गत शुक्रबार नै अमेरिकी न्याय विभागले उक्त ट्यांकर नियन्त्रणमा लिन आदेश जारी गरेकोले गर्दा अमेरिकाले उक्त ट्यांकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ ।
जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेपछि युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्धहरु लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ ।
म्यारिन ट्राफिककाअनुसार उक्त ट्यांकर ग्रीसको कालामाटातर्फ प्रस्थान गरेको छ । ट्यांकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्यांकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकारसमक्ष व्यक्त गरेको थियो ।
जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजावाहक ‘स्टेना इम्पेरो’ नामक तेल ट्यांकर कब्जामा लिएको थियो ।


















