चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

185

चितवन– चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । वाणिज्य बैंकमा सोमबार बिहान र लायन्स भवनमा गएराति आगो लागेको हो ।

चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा बिहान भएको आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

बैंकको पहिलो तलाबाट आगो लागेको थियो । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट क्षतिको यकिन विवरण भने नखुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा पनि आगलागी भएको छ ।

गएराति भएको आगलागीबाट भुइँतलामा रहेको मोबाइल पसल जलेको प्रहरीले जनाएको छ ।

आगो भरतपुर महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here