सैफ अलि खानको नयाँ फिल्म‘लाल कप्तान’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त टिजरमा सैफ अलि खानलाई खतरनाक लुकमा देखिएका छन्।
नागा साधुको भेषमा देखिएको उनको लुक अरु फिल्ममा गरेको भन्दा फरक रहेको छ ।
सिनेमा ११ अक्टुबरमा रिलिज हुनेछ। सिनेमालाई ‘एनएच १०’ निर्देशक नवदीप सिंहले निर्देशन गरेका हुन्। सिनेमामा सैफको दोहोरो भूमिका हुने बताइएको छ। सिनेमाले बदलाको कथा पेस गर्छ।
सिनेमामा सैफका अलावा जोया हुसैन, दीकप डोबरियाल र मानव बिजको समेत प्रमूख अभिनय रहेको छ। अगस्ट १५ मा उनी अभिनित चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’ नेट फ्लिक्समा रिलिज भएको छ।


















