एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस हुँदै

71

पोखरा । पोखरामा मंसिर ७ देखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस हुँदैछ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका– १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म प्रतिस्पर्धा चल्नेछ।

रेसमा ११ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए। उनका अनुसार ५५ जना प्रतिस्पर्धीले माउन्टेन बाइक गुडाउनेछन्।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन्। इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माले दाबी गरे।

मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछ। ९ गते उपाधि छिनोफानोको प्रतिस्पर्धा हुनेछ। प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा महानगरपालिका वडा नम्बर १३ को कार्यालयले सघाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here