ड्रोन क्यामराको निगरानीका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

66

 

 

 

कपिलवस्तु । कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा कार्तिक २९ गते विसर्जन गरिएको छ ।

कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर दिपावलीमा धर्मशास्त्र अनुसार पुजापाठ गरी भाई टीकाको भोलीपल्ट मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले तिहार (दिपावली) धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । सुरक्षा व्यवस्था मिलाउनका लागि प्रहरीले ड्रोन क्यामरा मार्फत निगरानी समेत गरि रहेको थियो।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने दश भन्दा बढी स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कृष्णनगमा मूर्ति विसर्जनको क्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here