‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान

69

काठमाडौं। ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । उहाँले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

प्रतियोगिताको फाइनल आगामी १० गते हुने छ । कार्की नेपाली कलासंस्कृतिसहित प्रतियोगितामा सहभागी हुन लाग्नुभएको हो । प्रतियोगिताका लागि उहाँको फेसन ज्वालाराज पोखरेलले तयार गर्नुभएको छ । उहाँले मिस्टर नेपाल २०२३ को उपाधि प्राप्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here