इलाममा भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित

99

काठमाडौं । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।

जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका छन्। रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ। साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का संक्रमित अस्पताल आउन थालेको जानकारी दिए। उनले भने, ‘किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ।’

पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन्। संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन्।

स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह गरेका छन्। यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here