सांसद रामकुमारी झाँक्री शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण

139

काठमाडौं  । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि झाँक्री विभागीय मन्त्रीको जिम्मेवारी सम्हाल्न शहरी विकास मन्त्रालय पुगेकी हुन्। नेतृ झाँक्रीले पहिलोपटक मन्त्री बन्ने अवसर पाएकी हुन्।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियूको पूर्व अध्यक्ष रहेकी झाँक्री ०६२र६२ को जनआन्दोलन र त्यसपछिका विभिन्न विधार्थी आन्दोलनमा अग्रपंक्तिमा थिइन्। नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here