काठमाडाैं । मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।


















