काठमाडौं / नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछाने प्रकरणमा प्रहरी कारवाहीको आलोचना गरेका छन् । प्रहरीले लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको टिप्पणी गरेका छन् ।
संचारकर्मीसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिकराम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गरेका छन् ।
घटनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कारवाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा जुन तरिकाले एक सामाजिक प्रतिष्ठा भएका मान्छेलाई त्यसरी संचारगृहभित्र पसेर लगियो, त्यस्तो गर्नु गलत भएको उनले जनाएका छन् ।

















