रविलगायत तीनैजनालाई थप पाँच दिन थुनामा राख्‍न अदालतको अनुमति

177

काठमाडौं । जिल्ला अदालत चितवनले न्यूज २४ टिभि प्रस्तोता रवि लामिछानेलगायत ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । न्यायधिस गायत्री प्रसाद रेग्मीको ईजलासले सो निर्णय गरेको हो ।

गत शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो । सरकारका तर्फवाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गरेका थिए । त्यसको विरोधमा लामिछाने र कँडेलको तर्फबाट वरिष्ठ अधिवक्ता शुशिल पन्त, अधिवक्ता शुनिल कुमार पोख्रेल, चुडामणी सापकोटा, अस्मिता कार्किका तर्फबाट अधिवक्ता नारायण गिरिले बहस गरेका थिए । वहसका क्रममा उनीहरूले लामिछानेसहित अन्य आरोपितहरु निर्दोष रहेको भन्दै रिहाईका लागि माग गरेका थिए ।

यस्तै भिडियोमा पुडासैनीले नाम उल्लेख गरेका न्यूज २४का दिपक बोहोरा सहितका अन्यलाई सरकारी साक्षीका रुपमा बोलाउने निर्णय गरेको, भिसेरा रिपोट आउन वाँकी रहेको, पोष्टमाटमको रिपोट हेर्न वाँकी, डोरी किनेको ठाउँको भिडियो र अन्य भिडियोको वैज्ञानिक अनुसन्धान गरिनु पर्नेलगायतका काम वाँकी रहेकाले थप पाँच दिनका लागि समय थपिएको अधिवक्ता पोख्रेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here