काठमाडौं– उच्च अलदालत पोखराका न्यायाधीश जीवनहरि अधिकरीले पदबाट राजीनामा दिएका छन्।
गोर्खा ब्रुअरीको कर निर्धारणसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गरेपछि न्यायपरिषद्ले तीन न्यायाधीशमाथि छानबीन जारी राखेको थियो। छानबिन समितिमा आफ्नो जवाफ दिएपछि न्यायाधीश अधिकारीले राजीनामा दिएका हुन्।
४० वर्ष न्याय सेवामा बिताएका उनले निष्पक्ष न्याय निरुपण गर्दा पनि विवादमा तान्ने काम भएको भन्दै राजिनामा दिएका हुन् । उनले आफूले कुनै पनि विवादित काम नगरेको र न्याय सेवाबाट अवकाश पाउने समय नजिक आइपुग्दा आफूमाथि गम्भीर आरोप लागेको दाबीसमेत गरेका छन् ।
सो प्रकरणमा सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति बनेको थियो।

















