राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै संसदमा सांसदहरुको आपत्ति

88

काठमाडौं /  सरकारले कार्यसम्पादन मूल्याङ्कन भन्दा पनि राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै राष्ट्रियसभाका सांसदहरुले  सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ माग गर्नुभयो ।

सांसद राधेश्याम अधिकारीले करीब एक महीनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध गर्नुभयो।

सांसद डा विमला पौडेलले राजनीतिक दलहरुबीच भएको सर्वदलीय बैठक स्वागतयोग्य रहेको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here