तामाकोशी शेयर अब काठमाडौंबाटै भर्न सकिने

238

बिहीबार दोलखाका जनप्रतिनिधि, राजनीतिक दल र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच काठमाडौँमा भएको छलफलले दोलखाबासीहरुले काठमाडौंबाट नै माथिल्लो तामाकोशी आयोजनाको शेयर आवेदन भर्न पाउने भएका छन् । शेयर साउन १६ गतेदेखि भदौ १४ गतेसम्म खुल्ने छ ।

काठमाडौमा बस्दै आएका दोलखाबासीले तोकिएको अवधिभित्र तोकिएका बैंकहरुबाट शेयर भर्न पाउने निर्णय गरिएको माथिल्लो तामाकोशी आयोजनाको प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए ।

आवेदनका लागि मात्रै दोलखा जानू नपर्ने, उनका अनुसार दोलखामा एक जनाको नाममा बैंक खाता भएमा परिवारका अन्य सदस्यले सोही खाताबाट शेयर भर्न पाउने बताए ।

जिल्लाका ७४ वटै वडाबाट शेयर आवेदन भर्न पाउने छन् । दोलखाको विगु गाउँपालिकाको वडा नम्वर १ लामावगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले स्थानीय तहलाई १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्दैछ ।

शेयरवारे सूचनामुलक कार्यक्रमहरू संचालन गरेर दलालको चंगुलवाट सर्वसाधारणलाई मुक्त गर्ने व्यवस्था गरिने भएको छ ।

बिक्रि प्रबन्धक लगायत माथिल्लो तामाकोशीका प्रतिनिधिहरुको सहभागितामा श्रावण १६ गते दोलखावाट शेयर प्रशिक्षण सुरु गरिने बताएको छ ।सैलुङ अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here