गल्छीमा एमालेका खतिवडा र कांग्रेसका तिवारी निर्वाचित

129

धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठ २५२ मतान्तरले पराजित भए । श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

अध्यक्षमा विजयी खतिवडा साविक कल्लेरी गाविस अध्यक्षमा एक कार्यकाल विजयी भएका थिए ।

उपाध्यक्षमा भने कांग्रेसका भाइराजा तिवारी विजयी भएका छन् । तिवारी ७ हजार ४९४ मतसहित विजयी हुँदा दोस्रो कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी बनेकी एमालेकी राधा तिमल्सिनाले ७ हजार ४८ मत प्राप्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here