काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
सोमबार जोहर शहरको पसार गुन्डाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोलले पराजित भएको हो।
नेपालविरुद्ध जोहरले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो।
सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकमा जोहारका निकोलासले गोल गरेका थिए। त्यसपछि नेपालले गोल गर्ने प्रयास गरे पनि फिनिसिङमा चुकेको थियो।
खेलमा सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टिमको पहिलो पटक कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए।
अब नेपाल विश्वकप छनोटका लागि कुवेत प्रस्थान गर्नेछ।
नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ।


















