रेखाको फिल्म प्रदीपलाई अफर, स्विकार्लान् त प्रदिपले ?

243

काठमाडौं– अभिनेत्री रेखा थापाले कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईलाई फिल्मको क्याप्टेनसिपको जिम्मेवारी सुम्पिएर नयाँ फिल्म निर्माण गर्दैछिन् ।

बेनामे फिल्मको दशैंपछि छायांंकन सुरु हुने जनाइएको छ । अहिले निर्माण टिम ‘कास्ट एण्ड क्रियू’ फाइनल गर्ने तयारीमा छ । फिल्ममा रेखा स्वयंको प्रमुख भूमिका रहने जनाइएको छ । तर, यस विषयमा निर्माण पक्षबाट कुनै जानकारी प्राप्त भएको छैन । अभिमन्यू निरवीले तयार पारेको कथामा बन्ने फिल्म मल्टीस्टारर हुनेछ ।

स्रोतले दिएको जानकारी अनुसार, यो फिल्मको प्रमुख भूमिकामा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । उनीसँग निर्देशक रेनशाले केही दिन अगाडि फिल्मको विषयमा कुराकानी गर्न भेट गरेकी थिइन् । रेनशाले प्रदीपलाई फिल्म गर्न आग्रह गरेको जानकारी प्राप्त छ ।

दशैं लगत्तै ‘प्रेमगीत ३’ को छायांकनमा व्यस्त हुनु पर्ने भएकाले प्रदीपले रेखाको फिल्म गर्ने सम्भावना न्यून रहेको स्रोत जनाउँछ । चाँडै रेखा पनि फिल्मको विषयमा कुरा गर्न उनीसँग भेट गर्दैछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here