सामाजिक उत्तरदायित्व निर्वाहका लागि टोखामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

195

काठमाडौं / सिद्धार्थ बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा २०७६ भाद्र ७ गते शनिबार टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने बैंकले जनाएको छ । कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपेको हो । त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here