काठमाडौं / बौद्ध स्तुपमा पटक पटक आगलागी हुने गरेको छ । गत विहिबार पनि बौद्धस्तुप भित्रको छयोईमे घर(बत्ती बाल्ने घर) मा आगोलागी भएको थियो ।
अहिले उक्त घर बौद्ध तामाङ कल्याण गुठीद्धारा सञ्चालित छ । आगलागीबाट केही भौतिक समानहरु नष्ट भएका छन । आगोलागी भएपछि उक्त घरको जस्ता र स्तुपको वाल कालो भएको छ ।
बौद्धका स्थानीय च्याङबा तामाङका अनुसार प्रहरी र स्थानीयको सहयोगबाट आधा घण्टापछि आगोलाई नियान्त्रणमा लिइएकोे थियो । ‘आगोलागी भएपनि केही मानवीय क्षति भएन,’ उनले भने,‘विश्व सम्पदामा सुचिकृत सम्पदामाथि यसरी आगो लाग्नु राम्रो होईन । पहिले यहाँको गुम्बामा पनि आगो लागेको थियो ।’
काठमाडौं महानगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले व्यवस्थित ढंगले सञ्चालन गर्न सचेतना गराएका छन् । रिपोर्टस नेपालमा खबर छ । ‘छयोईमे घरमा अहिले मात्र नभई पहिले पनि पटक पटक आगोलागी भएको छ,’उनले भने,‘विश्व सम्पदामा यसरी पटक पटक आगो लाग्नु राम्रो हुदैन । तिर्थालु आउने गरेकाले बत्ति बाल्ने ठाउँ चाँहिन्छ । यसलाई व्यवस्थित गर्न जानकारी दिएको छु ।’


















