आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव रहने

173

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो भने देशको पहाडी भू–भाग तथा पुर्वी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यसैगरी, राति देशको पश्चिमी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमानमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here