प्रम देउवा हेलिकाेप्टरमार्फत धरानमा

156

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जानुभएको छ ।

मङ्गलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकाेप्टरमार्फत धरान जानुभएको प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले बताउनुभयो ।

धरान पुग्नुभएको देउवा आज ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुने उपसचिव भट्टले जानकारी दिनुभयो । धरान उपमहानगर स्थापनाको अवसरमा आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्नुहुने कार्यक्रम छ । साथै देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here