सर्वोत्तम सिमेन्टले बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश

85

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिएको छ।

सभामा सञ्चालक समितिको दोस्रो वर्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र उसको पारिश्रमिक तोक्ने प्रस्तावसमेत सभामा लगिनेछ।

यता बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तमको रेटिङ सम्पन्न भइसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउँछ।

कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो, जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ। बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here