काेराेना महामारी अन्त्य गर्न सबै एकजुट हुनुपर्छ : डब्लुएचओ

68

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ।

संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’ ओमिक्रोन भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेदेखि, यो दर्जनौं देशहरूमा फेला परेको छ र नयाँ संस्करण डेल्टा भेरियन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी संक्रामक र प्रतिरोधात्मक भने अवश्य छ। ‘वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौं’, डब्लूएचओले भनेको छ, ’हामीले अब आफूलाई जोगाउन आवश्यक छ।

अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो।’ खोपको पहुँचमा असमानताको बारेमा, डब्लुएचओले टिप्पणी गरेको छ, ‘यदि हामीले आगामी वर्षमा महामारीको अन्त्य गर्ने हो भने हामीले अहिले नै असमानता अन्त्य गर्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here