बिवाइडीको विद्युतीय गाडी खरिद गर्न एभरेष्ट बैंकले सहज कर्जा दिने

76

काठमाडौं। बिवाइडीको विद्युतीय गाडी खरिद गर्न एभरेष्ट बैंकले सहज कर्जा दिने भएको छ। नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र एभरेष्ट बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो।

सम्झौताअनुसार बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पाउन सक्नेछन्। अर्थात् बिवाइडीको गाडी खरिद गर्ने ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरे पुग्छ।

कम्पनीका अनुसार ग्राहकले बिवाइडी अट्टो-३ खरिद गर्न जम्मा १२ लाख ९८ हजार रुपैयाँ र अल न्यू ई-६ खरिद गर्न जम्मा ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ।

हाल बिवाइडीको अट्टो-३ को बजार मूल्य ८९ लाख ९० हजार रुपैयाँ र अल न्यू ई-६ को बजार मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ। दुई संस्थाबीचको सम्झौता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र एभरेष्ट बैंकका डेप्युटी महाप्रबन्धक केशवराज जोशीले हस्ताक्षर गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here