गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
त्रियुगाका १६ वडामध्ये अहिलेसम्म दुर्गम पहाडी भेगका वडामा एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजान परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सो अन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको लक्ष्य छ । रासस


















