नेपाल जापान विद्यार्थी समाजको एकता अधिवेशनको घोषणा

266

टोकियो /  जापानमा अध्ययनरत नेपाली विद्यार्थिहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान र नेपाल जापान विद्यार्थी समाजले संस्थालाई एकता गर्ने समझदारी गर्दै एकता अधिवेशनको घोषणा गरी संस्थाको विभिन्न गतिबिधिहरु अगाडि बढाएको छ ।

जापानमा गैरआवसीय नेपाली संघ (एनआरएनए)भन्दा पहिला स्थापना भएको नेपाली विद्यार्थी समाज जापानमा जिज्ञान कुमार थापा,कुमार सिम्खडा, ऋसब पौडेल ,उज्ज्वल न्यौपाने,राजेन्द्र प्रसाद पराजुली ,सरोज कंडेल ,बिमल अधिकारी ,कृष्ण कुमार भेटवाल ,जीवक राज बज्राचार्य ,ऋषि राम पराजुली लगायत व्यक्तिहरु अध्यक्ष हुदै हाल तेज प्रकाश गुरुङ अध्यक्ष को रुपमा हुनुहुन्छ । यता छोटो समयमा नै सबैमाझ लोकप्रिय बन्न सफल नेपाल जापान बिधार्थी समाज जापानमा सन्तोष बाबु चोखाल ,समिरदेब खनाल हुदै हाल अध्यक्षको रुपमा चेतन पौडेल हुनुहुन्छ ।

अध्यक्ष चेतन पौडेल र तेज प्रसाद गुरुङको करिब १ बर्ष अगाडि देखिको अथक प्रयासबाट एकता प्रक्रियाले मुर्तरुप पाएको जनाइएको छ ।

चेतन पौडेल संयोजक तथा तेज प्रकाश गुरुङ सहसंयोजकको रुपमा रही एकता अधिबेशन सम्पन्न गर्नको लागि सदस्यहरुमा क्रमश कृष्ण भुषाल ,प्रकाश भण्डारी क्षेत्री , इश्वर भट्टराई ,सुमन श्रेष्ठ ,अजय राना , विश्वास आचार्य ,अनिश तिवारी ,शंकर भुषाल ,रीतु थापा ,राजेन्द्र घिमिरे ,भरत शाहको १३ सदस्यिय समितिले रहेको छ । सेप्टेम्बर २२ तारिकमा हुने एकता अधिबेसनको अवसरमा आपतकालीन राहतकोष निर्माणको लागि सांस्कृतिक कार्यक्रम पनि गर्ने जनाइएको छ ।नेसाजको सदस्य हुन विद्यार्थीले मात्र पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here