विमानस्थलको काम सकेपछि चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ : पर्यटन मन्त्री भट्टराई

417

पोखरा/ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल तोकिएको समय अगावै सम्पन्न भएमा चिनियाँ ठेकेदारलाई पोखरेलिले सम्मान गर्नुपर्ने जनाएका छन् ।

‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ,’ उनले भने, ‘म पोखरा महानगरलाई पनि आग्रह गर्छु । चिनियाँ कम्पनीले समय अगावै विमानस्थलको काम सके पछि रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ ।’

चिनियाँ कम्पनीले प्रतिष्ठा स्वरुप राम्रो गरिरहेकोले सरकारको तर्फबाट धन्यबाद दिए । आयोजना निर्माणको क्रममा अन्य ठाउँमा जस्तो यहाँ दुःख भोग्नु नपरेको जनाए । दीर्घकालीन समस्याहरुमा भने यहीँ सिर्जना गर्ने अवसरले सुखद स्थिति ल्याउने उनको भनाई थियो ।

सडक, सिंचाइका विषय हामी सङ सम्बन्धी नभए पनि अन्तर मन्त्रालयको बैठकमा सम्बोधनका लागि उठाइने जानकारी दिए । आयोजना पक्षले मात्र चाहेर नहुने जनाउँदै सबैले सहयोग गर्न उनको आग्रह छ । ‘मुआब्जाबारे बसेर सहमति गरौँ’ उनले भने, ‘प्रभावित बासिन्दाहरुलाई पहिलो प्राथमिकतामा राख्छौँ । रोजगारदेखि अन्य अवसर छ्न् ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here