प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब

288

प्रभु बैंक समूहअन्तर्गत रहेको प्रभु बैंक लिमिटेडको नबिकेको हकप्रद शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । यसभन्दा अगाडि सञ्चय कोषले सिभिल बैंकको पनि नबिकेको हकप्रद शेयर खरिद गरेको थियो ।

कर्मचारी सञ्चय कोषले विभिन्न वाणिज्य बैंकरूमा केही प्रतिशत शेयर किन्दै आएको थियो । पछिल्लो समय देवीप्रसाद भट्टचन अध्यक्ष रहेको प्रभु बैंकको शेयर पनि खरिद गरेको हो ।

बोलपत्र आवेदनको लागि न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म व्यवस्था गरिएको प्रभु बैंकको सर्वसाधारणतर्फको शेयर साधारण लगानीकर्ताहरूले किनेका छन् भने संस्थापक शेयर साना लगानीकर्ता र कर्मचारी सञ्चय कोषले किनेको हो ।

बैंकको संस्थापक शेयरमा अधिकतम प्रति कित्ता एक सय १६ रुपैयाँसम्मका दरले आवेदन परेको थियो । अधिकांश शेयर एक सय रुपैयाँ दरमै बिक्री भएको बैंकले बताएको छ ।

बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा ८६ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ भने जगेडा कोषमा तीन अर्ब रुपैयाँ भन्दा धेरै रकम जम्मा गरेको देखिन्छ । हकप्रद बिक्रीसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here