सेयर बजारमा १०.२६ अंकको गिरावट

152

काठमाडौं  / सेयर बजारमा गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बुधबार १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएको हो । कारोबारमा १६८ कम्पनी सामेल थिए ।

आज बैंकिङ, होटल, विकास बैंक, जलविद्युत लगायत सबै समुह ओरालो लागेको छ । बजार घट्दा दिव्यशवरी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, हिामलयन डिस्टिलरी लगायतले सबैभन्दा बढी गुमाएका छन् । सबैभन्दा बढी कारोबार रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको भएको छ । यसको १० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here