सुडान घोटाला काण्डका ठेकेदार शम्भु भारती पक्राउ

230

काठमाडौं– सुडान घोटाला काण्डमा मुछिएका शम्भु भारती पक्राउ परेका छन् ।

भारतीलाई उनको निवास भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए ।

विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।

विशेष अदालतले ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो ।

उनी त्यसयता फरारको सूचीमा रहेको थिए ।

एजेन्टका रुपमा शम्भु भारतीले तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here