यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कूल ३२ टोलीकाे सहभागिता

270

जसमा कूल २६ टोलीको तय हुँदा बाँकी ६ टोलीको टुंगो अन्तिम चरणको प्लेअफको दोस्रो लेगबाट मंगलबार र बुधबार राति टुंगो लाग्नेछ।

घरेलु लिगमा शीर्ष स्थानका आधारमा २६ टोलीको तय भइसकेको छ। सबै टोलीको तय भएपछि ४ प्लट बनाएर ८ समूहमा टोली विभाजन गरेर टोलीको तय गरिनेछ। च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि विजेतासँगै युरोपको शीर्ष ६ लिगको विजेताले प्लट १ मा स्थान बनाउनेछन्।

जहाँ रियल म्याड्रिड, आइन्ट्राक्ट फ्रान्कफर्ट‚ म्यानचेस्टर सिटी,  एसी मिलान, बायर्न म्युनिख,  पेरिस सेन्ट जर्मेन, पोर्टो र आयाक्स रहेका छन्। सबै टोली फरक समूहमा रहनेछन्। प्लेअफ अन्तर्गत अन्तिम चरणको दोस्रो लेगमा मंगलबार बेन्फिकाले विरुद्ध डिनामो किएभले प्रतिस्पर्धा गर्दै छ। पहिलो लेगमा बेन्फिका २–० ले अघि छ।

त्यस्तै रेड स्टार बेलग्रेडले मक्काबी हाइफाविरुद्ध खेल्दै छ। हाइफा ३–२ ले अघि रहेको छ। त्यस्तै काराबाग र प्लेजन मंगलबार राति नै एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन्। दुवै टिमले पहिलो लिगमा गोलरहित बराबरी खेलेका थिए।त्यस्तै बुधबार डिनामो जाग्रेबविरुद्ध बोडो ग्लिम्टन पहिलो लेगको जित कायम राख्ने प्रयासमा हुनेछ। बोडोले पहिलो लेगमा १–० को अग्रता बनाएको थियो।

त्यस्तै कोपनहेगनले ट्राब्जोनस्पोरको सामना गर्दै छ। कोपनहेगन पहिलो लेगमा २–१ ले अघि रहेको छ। अन्तिम टोलीका रुपमा पिएसभीले रेन्जर्सको सामना गर्नेछ। पहिलो लेगमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here