काठमाडौं । मंगलबार धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि परिसूचक नेप्से भने सामान्य अंक बढेको छ । कुल १०४ कम्पनीको मूल्य घट्दा ७१ को मात्रै बढ्यो भने ११ को स्थिर रह्यो । नेप्से परिसूचक भने १.८५ अंक बढेर २०५४.९८ अंकमा कायम भयो । औसतमा उच्च पुँजीकृत कम्पनीको मूल्य बढेकाले धेरैजसो कम्पनीको मूल्य घटे पनि परिसूचक भने बढेको हो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १ अर्ब ३३ करोडमा खुम्चियो । बैंकिङ ४.९, जीवन बीमा ८, उत्पादन २९, ब्यापार १०, अन्य उपसमूह ०.५ अंक बढे । लघुवित्त ११, निर्जीवन बीमा ५, होटल तथा पर्यटन ३७, फाइनान्स ६ र विकास बैंक उपसमूह १४ अंक घटे । तीन जलविद्युत् कम्पनीहरु रुरु, मन्दाकिनी र अपर हेवाखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, रिडी, अपी, शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।


















