फुटपाथमा व्यापार गर्न रोकेपछि प्रदर्शनमा उत्रिन बाध्य

133

काठमाडौं । फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन्।

सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here