कैलाली / कैलालीमा ब्लेडले आफ्नै शरीर काटेर दोश्रोको नाममा उजुरी दिने एक जना पक्राउ परेका छन्। डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्वर ३ बस्ने २५ बर्षीय हेम प्रकाश मल्ल पक्राउ परेका हुन्।
गोदावरी नगरपालिका वडा नम्वर ४ गोदावरी जंगलमा अपरिचित व्यक्तिले आफ्नो श्रीमतिसंग अलग हुनु भनि विभिन्न मेसेज गर्ने गरेको र सोहि व्यक्तिले आफुलाई धारिलो हतियारले आफ्नो शरिरका बिभिन्न भागमा काटी घाइते बनाएको भन्दै उनले कैलाली प्रहरीमा उजुरी दिएका थिए।


















