एटिएमबाट करोड भन्दा बढी रकम चोर्ने पाँच चिनियाँ नागरिक सार्वजनिक

430

काठमाडौं / प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन् । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

१ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here