बुटवलमा राष्ट्रिय पुनर्जागरण अभियानको बृहत कार्यक्रम सम्पन्न

288

काठमाडौं । राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले रुपन्देहीको बुटवलमा बृहत् अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पुनर्जागरणले बुधबार कालिकानगर स्थित एशियन होटेलमा आयोजना गरेको उक्त कार्यक्रममा अभियानका संयोजक भरत दाहालले देशको संकट र यसको समाधानको प्रश्नसंग जोडिएका सबै आयामहरुका बारेमा बिस्तृत रुपमा मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल अहिले ईण्डोपश्चिमा शक्तिहरुको रणनीतिक चक्रब्युहमा फसेको जानकारी दिँदै संयोजक दाहालले चीनको नेतृत्वमा शक्तिका रुपमा उदाईरहेको एशियालाई अस्तव्यस्त बनाउने योजना सहित अमेरीकन र यूरोपीयनहरुले नेपालको भू–राजनीतिलाई गिजोल्न अघि बढाएको योजनाको नतिजा नेपालको अवस्था त्यही हुन सक्ने तथ्यमा दिए । उनले पश्चिमा मुलुकले नेपाललाई असफल राज्य बनाएर आफ्नो रणनीतिक उपस्थिति कायम गर्ने उद्देश्यले एनजिओ तथा आईएनजिओहरुमार्फत् आफ्ना रणनीतिक योजनाहरु हाबि गर्दै गएकोले त्यस तर्फ सबै नेपाली सजग हुनु पर्ने बताए । लामो समयदेखि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक र मनोबैज्ञानिक जीवन प्रणालीमा ती मुलुकले आक्रमण गरेकोले त्यसको प्रभाव नेपाली भाषा, सांस्कृतिक, नैतिकता र सोचाईमा परेको उनको भनाई छ ।
दाहालका अनुसार निजीकरणका नाममा राष्ट्रिय उद्योगहरुको बिक्रि, नेपालीहरुलाई देश बाहिर निकाल्न ल्याईएको वैदेशिक रोजगारको नीति, एमालेलाई नियन्त्रण गर्न रचिएको दासढुंगा हत्याकाण्ड अहिलेका राजनीतिक पार्टीका असफलताका संकेत हुन् । ‘नेपालका सामाजिक, सांस्कृतिक तथा नैतिक सम्बन्धहरुलाई छिन्नभिन्न पार्न पूर्वाधारहरु नष्ट गर्न संगठित गरिएको माओवादी युद्ध, राज्यको शक्तिकेन्द्रलाई विघटन गर्ने उद्देश्यमा आधारित दरबार हत्याकाण्डले देशको विकास हैन विनास हुँदैछ ।’ उनले भने ‘नेपालको विघटन गर्ने रणनीतिमा गराईएको १२ बुँदे समझदारी वर्तमान परिस्थितिको तिम्त्याउन चालिएका कदमहरु हुन् । नेपालका दलहरु देश विरुद्ध बाह्य शक्तिका खेलौनाका रुपमा मात्र प्रयोग भएका छन्।’

अहिलेको संकटको सामना गर्न देशलाई बुझ्ने मौलिक सिद्धान्त र राज्य सञ्चालन गर्ने ठोस नितिको आवश्यकता रहेको कुरामा जोड दिंदै उनले एकाध एजेन्डाहरुबाट मात्र नेपाल बुझ्न नसकिने कुरामा जोड जोड दिए । १२ बुँदे समझदारीमा आधारित वर्तमान राजनीतिक प्रकृयालाई जति सक्दो छिटो अन्त्य नगर्ने हो भने देशमा बढ्दो तरलताले अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्ने खतरा बढ्दै गएको हुँदा ुराष्ट्र पहिलोु भन्ने सिद्धान्तका आधारमा सबैतिर छरिएका देशभक्त शक्तिहरुका बिचमा मोर्चा बनाउनु तत्कालको आवश्यकता भएको उनको भनाई थियो। दाहालले अझै पनि नागरिकताको बहानामा आक्रमण भैरहेको र संघीयता वा धर्मनिरपेक्षताका बहानामा विदेशी हैकम बढाउने प्रयासहरु भैरहेको जानकारी दिएका थिए । अब ००७ सालपछिको इतिहासलाई राम्रोसंग समिक्षा गर्नु पर्ने समय आएकोले नयाँ सोचको विकास गरेर इतिहासका घटनाहरुलाई गहिरिएर समिक्षा गरी नयाँ निष्कर्ष निकाल्नु पर्ने समय आएको भन्ने उनको भनाई थियो ।

कार्यक्रमलाई अभियानका महासचिव रामबहादुर थापा, केन्द्रीय सदस्य गणेश पौडेल, रुपन्देहीका जिल्ला उपाध्यक्ष अमृता गैरे तथा सदस्य गोपाल घिमीरे, अर्घाखाँची जिल्लाका संयोजक हेमराज भुषाल, कपीलवस्तुका संयोजक रामचन्द्र अधिकारी, बजीर थापाले आफ्नो मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here