मनोज पुनका सहयोगी पक्राउ

102

भैरहवा– प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका सहयोगी पक्राउ परेका छन् ।

रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा संलग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिएका छन् ।

पौडेललाई हत्या गर्न हतियार, मोटरसाइकल व्यवस्थापन, मोटरसाइकलको नम्बर प्लेट परिवर्तन र बलुको निगरानी गर्ने कार्यमा दंगोरियाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here