उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

253

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न आज साँझ सिंगापुर जाँदै छन् ।

गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउदा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिए पछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका प्रधानमन्त्री ओली एक साता बस्ने छन् ।

उनको उपचार सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयुएच) मा अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here