भारतीय प्रधानमन्त्री भन्छन, नेपालमा दिएको भाषण अहिले पनि चर्चित छ

253

काठमाडौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले पहिलो पटक नेपाल भ्रमणका बेला संविधान सभामा दिएको भाषण निकै विवादित बनेको थियो । मोदीले सन २०१४ मा नेपालको संविधान सभालाई सम्बोधन गर्ने क्रममा पानी र जवानी पहाडमा टिक्दैन भनेपछि उनी विवादित बनेका थिए ।

केही समय नेपाली भाषामा समेत भाषण गरेर चर्चा कमाउने कोसिस गरेपछि पछि उनको भाषणमा नेपालका नेताहरुले पनि बेसुरमा समर्थन जनाएको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्री मोदीले चुनावी माहोलकाबीच हालै भारतीय अभिनेता अक्षय कुमारलाई दिएको गैर राजनीतिक अन्तरवार्तामा उनले नेपालमा गरेको भाषणको प्रशंग उठाएका छन् । अभिनेता अक्षय कुमारले मोदीलाई पहिलो पटक संयुक्त राष्टसंघमा सम्बोधन गर्दा किन नर्भस हुनुभएको थियो भनेर सोधेको प्रश्नको जवाफमा उनले त्यहाँ आफूले लिखित भाषण दिएको र लिखित भाषण गर्ने बानी नभएकाले केही नर्भस जस्तो देखिएको बताएका छन् । त्यही क्रममा उनले भनेका छन्, मैले अलिखित भाषण गर्दा नै त्यो प्रभावकारी हुने गरेको छ, जस्तो मैले नेपाल भ्रमणका बेला त्यहाँको संविधान सभालाई सम्बोधन गर्दा अलिखित भाषण नै गरेको थिएँ, त्यो अहिले पनि चर्चित छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री भएयता चार पटक नेपालको भ्रमण गरिसकेका छन् । सुरुमा राम्रै चर्चा कमाएका उनले नेपालको संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै झण्डै ६ महिना नाकाबन्दी लगायपछि उनी निकै विवादित बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here