काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ११.६३ अंकले घटेर १२८४.७८ विन्दुमा झरेको छ ।
आज कारोबारमा आएका मध्ये फाइनान्स समूह बाँकी अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । फाइनान्स समूहको परिसूचक पनि १.९२ अंकले मात्र गिरावट आएको छ । एक सय ६९ कम्पनीको २९ करोड ७३ लाख रुपैयाँको मात्र कारोबार भएको छ । त्यसमा पनि नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै अर्थात १ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै सबैको लघुवित्ति वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको सेयर मूल्यमा ९।९ प्रतिशतले बृद्धि भएको छ भने एनएलजी इन्स्योरेन्सको लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । इन्स्योरेन्सको सेयर मूल्य ६।५४ प्रतिशतले घटेको छ ।

















