पर्यटन प्रवद्र्धनका लागि हुम्लामा कैलाश सम्मेलन हुने

93

काठमाडौं । आगामी असोज ६ र ७ गते हुम्लाको याल्बाङमा पर्यटन प्रवद्र्धन गर्नका लागि कैलाश सम्मेलन हुने भएको छ । ‘कैलाश संगम : दिगो भविष्यका लागि प्रगाड अन्तरदेशीय सम्बन्ध’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी हुम्लाको पर्यटन प्रवद्र्धनमा कैलाश सम्मेलन केन्द्रित हुने आयोजकले जनाएको छ । उक्त सम्मेलनको आयोजना टुरिजम बोर्डको सहयोगमा नाम्खा गाउँपालिकाले गरेको जानकारी दिइएको छ । सम्मेलनमा स्थानीय मौलिक खाना, त्यहाँ रहेका पर्यटकीय गन्तव्य पहिचान गर्नुका थासै परम्परागत कलासाहित्यको झाँकी प्रदर्शन गरिने हिम्मत सिंह अयरले जानकारी दिए । उक्त सम्मेलनले चीन, भारत र नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

त्यस्तै हुम्लामा अत्याधिक मात्रामा पर्यटकीय गन्तव्य भएपनि यसको प्रचार प्रसार हुन नसकोले यसलाई व्यापक प्रचार प्रसार गर्न अवश्यक रहेको नेपाल चाईना उद्योग वाणिज्य संघ, हुम्लाका अध्यक्ष मंगल लामाले बताए । हुम्ला ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट पनि महत्वपूर्ण स्थान भएकोले सरकारले यसलाई व्यापक रुपमा विश्व सामु फौलाउनु आवश्यक रहेको उनको भनाई छ । यो स्थानबाट कैलाश पर्वतको प्रत्यक्ष रुपमा अवलाकन गर्न सकिने भएकोले यो सम्मेलन सबैका लागि उपयुक्त भएको लामाले जानकारी दिए ।

त्यसैगरी सम्मेलनले हुम्लाको मौलिक परम्परालाई विश्वसामु फैलार यहाँको छुटै पहिचान बन्न सहयोग पुग्ने आयोजक समितिकी सदस्य तथा पर्यटन विशेषज्ञ डा. अनुकुमारी लामाको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here