धरौटी रकम बृद्धिका कारण मर्जर हुँदै म्यानपावर कम्पनी

206

काठमाडौं । सरकारले धरौटी रकम बृद्धि गरेपछि म्यानपावर कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । आगामी भदौ १८ गतेसम्म सबै म्यानपावर कम्पनीहरुलाई धरौटी रकम बृद्धि गर्न सरकारले निर्देशन दिएको छ । धरौटी रकम बृद्धि गर्न नसक्ने कम्पनीहरु खारेजीमा पर्ने भएकाले मर्जरमा जान थालेका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत शनिबारसम्म २ सय १४ म्यानपावर कम्पनी मर्जरमा गएका छन् । मर्जरमा जाने म्यानपावर कम्पनी गाभिएर ९२ वटा बन्न लागेको विभागले जनाएको छ । विभागका अनुसार ६ वटा कम्पनीसम्म मर्जरमा जाँदैछन् ।

शनिबारसम्म विभागमा दुई वटा म्यानपावर कम्पनी मर्जरमा जानका लागि ७५ वटा निवेदन विभागमा परेका छन् । ३ वटा म्यानपावर कम्पनी गाभिन ७ वटा निवेदन, ४ वटा गाभिन ८ वटा निवेदन, ५ वटा गाभिन एउटा निवेदन र ६ वटा गाभिन अर्काे एउटा निवेदन परेको विभागले जनाएको छ । त्यसैगरी गत शनिबारसम्ममा ५ सय ६४ वटा कम्पनीले धरौटी रकम कायम गरेका थाहा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here