काठमाडौं / पन्चकन्या समूहले ४७ औं वर्ष पुरा गरेको छ । आइतबार काठमाडौंमा ४७ औं वार्षिकोत्सवको आयोजना गरी पञ्चकन्याले ४८ औ वर्ष प्रवेशको खुसियाली मनायो ।
कार्यक्रममा साउथ अफ्रिकाका लागि पूर्व वाणिज्य दुत समेत रहेका पञ्चकन्या समूहका प्रवन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले कम्पनी यो स्थानसम्म आउनुमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको जनाए । कम्पनी बजारमा प्रतिस्पर्धा गर्न फरक तरिकाले अगाडि बढेकोले यसलाई कर्मचारीहरुले महत्वका साथ हेर्नु पर्ने उनको भनाई रह्यो ।
त्यस्तै अहिले युवा कर्मचारीहरुले कम्पनीलाई अगाडि बढाईरहेको र त्यसको प्रत्यक्ष निगरानी आफूहरुले गरिरहेकाले कम्पनीलाई अगाडि बढाउँन फरक किसिमले कार्ययोजना बनाउन पनि श्रेष्ठले कर्मचारीहरुलाई निर्देशन दिए । पन्चकन्याले सामाजिक उत्तरदायित्व क्षेत्रमा पनि उलेख्य काम गरेकाले यसलाई वृद्धि गर्न अझै मेहनत गर्नु पर्ने उनको सुझाव छ ।
कार्यक्रममा समूहका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।


















