ज्ञानेन्द्र मल्लले ओमानमा हुने टी-२० प्रतियोगिता नखेल्ने

338

काठमाडौं– यही (असोज १८) देखि हुने ५ राष्ट्रबीचको टी–२० क्रिकेट प्रतियोगिता नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले प्रतियोगिता नखेल्ने जानकारी दिएका हुन् ।

प्रतियोगितामा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here