इम्बोस्ड नम्बर प्लेट नराख्ने सरकारी गाडीलाई कारबाही हुने

78
काठमाडौं । फागुन महिनाभित्र सबै सरकारी कार्यालयले आफ्ना सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भएको छ । सरकारी योजनाअनुसार फागुनसम्ममा सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिँदै यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार रुपैयाँ जरिवाना लगाइने चेतावनी दिएको छ ।

सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडानको लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गई ईम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन निवेदन दिन सकिने र नजिकको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।

काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिन्छ । सरकारी गाडीले इम्बोस्ड नम्बर प्लेट राख्दा अनिवार्य रुपमा यसअघि बाँकी रहेको कर पनि भुक्तानी गर्नुपर्ने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here