लक्ष्मी बैंकले आफ्ना सेयर लगानीकर्ताहरूलाई लाभांस वितरण नगर्ने

85

काठमाडाैं । लक्ष्मी बैंकले आफ्ना सेयर लगानीकर्ताहरूलाई लाभांस वितरण नगर्ने भएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको २६४ औं सञ्चालक समितिको बैठकले यही पुस २८ गते २२ औं वार्षिक साधारण सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

तर, नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने र खाली हात राख्ने निर्णय गरेको हो । यद्यपि, कम्पनीले लाभांश वितरण नगरेपनि साधारण सभाका लागि पुस १५ गते बुक क्लोजको निर्णय गरेको छ । यसअघि, एनआईसी एसिया बैंकले समेत आफ्ना लगानीकर्ताको हात खाली राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here