पूर्व राजा ज्ञानेन्द्र देश दौडाहामा जाने

231

काठमाडौं / थाइल्यान्ड पुगेका  पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता स्वदेश फर्कने भएका छन् । तीन हप्ताका लागि  थाइल्यान्डमा रहँदा महत्वपूर्ण भेटघाट गरेका उनी स्वदेश फर्किएपछि देश दौडाहामा जाने बुझिएको छ ।

काठमाडौं उपत्यकाबाहिरका मठ मन्दिरमा जाने गरी योजना तय भएको निकटस्थले जनाएका छन् । दशैं अघि सम्म पूर्व राजा मठमन्दिर पुग्ने गरी योजना बनेको छ । विशेषगरी तराईका जिल्लाहरुमा उनको भ्रमण तय भएको छ ।

पूर्व राजा शाह भारत भ्रमणमा समेत जानसक्ने जनाइएको छ । भारतमा केही महत्वपूर्ण भेटघाट तय गर्न उनी निकटस्थहरु सक्रिय भएका छन् ।

पछिल्लो समय पूर्व राजाको थाइल्यान्ड आवतजावत् बाक्लिदै गएपछि सत्तारुढ दलहरुले गम्भीरताका साथ लिएका छन् । उनले राजनीतिक चलखेल गर्न लागेको आशंका समेत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here