कृषिमन्त्रीलाई डेंगु !

235

काठमाडौं / कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन्। निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण देखा परेपछि मन्त्री खनाल अस्पताल भर्ना भएर उपचार गरारहेका छन्।

अस्पताल स्रोतका अनुसार मन्त्री खनाललाई डेंगु ज्वरो देखिएको छ।मन्त्री खनाललाई अत्यधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here