विश्वकप छनोट : आज नेपाल र कुवेत भिड्दै

174

काठमाडौं– विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति पौने ११ बजे कुवेतको जावेर अल–अहमाद स्टेडियम हुने छ। नेपाल कुवेतलाई उसैको घरेलु मैदानमा हराउँदै सुखद् सुरुवात गर्ने दाउमा रहेको छ।

नेपालले अर्को खेलमा भदौ २४ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन्। नेपाली टिमका प्रशिक्षक योहान कालिनले नेपाली टिमले राम्रो प्रर्दशन गर्नेमा आफू विश्वस्त रहेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here